काठमाण्डु – अप्रिल २७ देखि मई ३ सम्मको एक हप्तामा सिंगापुरमा १४,२०० नयाँ संक्रमित भेटिइका छन् । सिंगापुरमा अघिल्लो हप्तामा ११,१०० संक्रमित भेटिएका थिए ।
त्यस्तै, थाईल्यान्ड, हङकङसँगै चीनमा पनि पछिल्ला केही महिनामा कोरोना संक्रमणमा वृद्धिको दर देखिएको छ ।
स्वास्थ्य विशेषज्ञहरू कोरोना संक्रमणको तीव्र वृद्धिको कारण ओमिक्रोन भेरियन्टको सब–भेरियन्ट जेएन.१ लाई जिम्मेवार मानिरहेका छन् ।
वैज्ञानिकहरूका अनुसार जेएन.१ भेरियन्टबाट अहिले डराउनुपर्ने अवस्था छैन । यसले गम्भीर असर गर्छ भन्ने कुनै पनि प्रमाण छैन ।
जेएन.१ के हो?
सिंगापुरमा हालसम्म गरिएका जीनोम सिक्वेन्सिङको नमुनामध्ये अधिकांशमा जेएन.१ भेरियन्ट पाइएका छन् ।
यद्यपि, जेएन.१ कुनै नयाँ भेरियन्ट होइन, यो ओमिक्रोनको सब–भेरियन्ट हो जुन विगतमा विश्वभर फैलिएको थियो ।
स्वास्थ्य अधिकारीहरूका अनुसार जेएन.१, ओमिक्रोन भेरियन्टकै एक उपभेरियन्ट हो । यसलाई चिनिएको एक वर्षभन्दा बढी भइसकेको छ । यो नयाँ भाइरस होइन तर यो कति गम्भीर छ भन्ने विषयमा अनुसन्धान भइरहेको ।
वैज्ञानिकहरूका अनुसार जेएन.१ भेरियन्टबाट अहिले डराउनुपर्ने अवस्था छैन । यसले गम्भीर असर गर्छ भन्ने कुनै पनि प्रमाण छैन । हालसम्मका प्रमाण अनुसार यो सामान्य रुघाखोकीजस्तै वा त्यसभन्दा हल्का हुन सक्छ ।
चिकित्सकहरूले सामान्य रुघाखोकी पनि कोरोना भाइरसकै एक प्रकार रहेको बताउँछन् । कोरोना भाइरसका हजारौं प्रकार छन्, तर मानिसहरूमा समस्यासृजना गर्ने सातवटा मात्र छन्, जसमा चार पुरानै थिए र ती सामान्य रुघाखोकीसँग सम्बन्धित थिए ।
सन् २००३–०४ मा चीनबाट सार्स–१ फैलिएको थियो । सन् २०१२–१३ मा मिडल इस्टबाट मर्स (मिडल ईस्ट रेस्पिरेटरी सिन्ड्रोम) आयो । त्यसपछि सन् २०१९ मा कोरोना भाइरस–२ आयो ।
सामान्य रुघाखोकीजस्तै कोभिड पनि एक घरका सबै सदस्यमा सर्न सक्छ, तर यो त्यति गम्भीर हुँदैन कि मानिसको ज्यानै जाने खतरा होस् । अब कोरोना पनि यही स्वरूपमा परिणत भएको छ ।
सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार हाल एलएफ.७ र एनबी १.८ (जेएन.१ का सब–भेरियन्टहरू) त्यहाँ फैलिरहेका प्रमुख भेरियन्ट हुन् । अहिलेसम्म गरिएका जीनोम सिक्वेन्सिङमध्ये दुई तिहाइ केस यी भेरियन्टहरूका छन् । जेएन.१ त्यही भेरियन्ट पनि हो जसको प्रयोग हालको कोभिड–१९ खोपको निर्माणमा गरिएको थियो ।
विशेषज्ञहरूका अनुसार यो भेरियन्ट अघिल्ला भेरियन्टहरूजति गम्भीर नहोला तर यसको तीव्र फैलावट भने चिन्ताजनक छ ।
जसरी रुघाखोकी पटक–पटक आउन सक्छ, त्यसरी नै कोरोना पनि फेरि–फेरि आउन सक्छ । यसको हजारौं भेरियन्टहरू छन् र भाइरस पूरै बदलिएको छ ।
जसरी रुघाखोकी पटक–पटक आउन सक्छ, त्यसरी नै कोरोना पनि फेरि–फेरि आउन सक्छ । यसको हजारौं भेरियन्टहरू छन् र भाइरस पूरै बदलिएको छ ।
जेएन.१ का लक्षण
यस भेरियन्टका लक्षणहरू पनि ओमिक्रोनजस्तै छन्। संक्रमितहरूमा घाँटी दुख्ने, थकान, टाउको दुख्ने, खोकी आदि देखिन्छन् ।
यद्यपि, यी लक्षणहरू व्यक्ति विशेषको स्वास्थ्य अवस्था र रोग प्रतिरोध क्षमता (इम्युन सिस्टम) अनुसार फरक–फरक हुन सक्छन् । जेएन.१ का केही प्रमुख लक्षणहरूमा डायरिया र टाउको दुखाइ पर्न सक्छन् ।
प्रतिक्रिया