प्रदेश १ मा ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३४ पुग्यो


काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ । केही समयअगाडि प्रदेश नम्बर १ मा ७ जना थपिएका छन् ।

बुधबार झापामा थप ५ , धनकुटामा १ र धरानमा १ जना रहेको प्रदेश १ ले जनाएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । संक्रमितहरु ३ देखि ४८ उमेरका छन् । जसमा १८ पुरुष र ७ महिला छन् ।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । हालसम्म कोरोना निको हुनेको संख्या ४५ पुगेको छ । यस्तै २ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement