नेपालमा ४८ जना कोरोना संक्रमित थपिए


काठमाडौं – थप ४८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार जिल्लाबाट ४८ जना थप भएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या १६ सय १५ पुगेको छ ।

संक्रमित हुनेहरुमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना पुष्टि भएको हो। दैलेखका संक्रमितमध्ये दुई महिला छन् । जुम्लाका १९ जना संक्रमित सबै पुरुष भएका प्रतिष्ठनले जनाएको छ ।

भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका १९, ३८ र ४० वर्षका पुरुष र रुपन्देहीका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement