बढ्दै कोरोनाको ग्राफः पछिल्लाे २४ घण्टामा थपिए ५३४ संक्रमित


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ४१५२ जनाको परीक्षण गर्दा ५३४ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५७ जना डिस्चार्ज भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement