१३ हजार २२ को परीक्षण गर्दा २८२८ जनामा कोरोना पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ को परीक्षण गर्दा २ हजार ८सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

यो संगै कोरोनाबाट मुत्युहुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement