संक्रमणदर बढ्योः सोमबार ३४५१ जनामा कोरोना पुष्टि

संक्रमणदर बढ्योः सोमबार ३४५१ जनामा कोरोना पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार चार सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज देशभर दुई हजार चार सय ५८ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार तीन सय ७१ पुगेको मन्त्रालयले जनाएको छ । आज ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।