कोरोनाबाट बिदेशमा रहेका धेरै नेपालीको बिचल्ली भएको भन्ने रिटमा अदालतले गर्यो यस्तो फैसला


काठमाडौं– कोरोनाबाट बिदेशमा रहेका धेरै नेपालीको बिचल्ली र मृत्यु भएको भन्दै सर्वोच्चमा परेको रिटमा दरपिठ भएको छ । नेपाल सरकारले चाल्नुपर्ने कदमकाबारे अधिवक्ताहरु राम ठकुरी तथा तेज कुमारले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस्तै बिषयमा धेरै रिट पेश भएको तथा यस सम्बन्धमा अदालतबाट यस अघी पटकपटक आदेश भएको र अदालतमा बिचाराधिन रहेका रिट निवेदनहरु साथै राखी एकैसाथ पेश गर्नु भनि अदालतबाट दरपिठ भएको हो ।
बैदेशिक रोजगारीमा रहेका ब्यक्तीहरुको हकमा गन्तव्यको मुलुकले नै कोरोनाको संक्रमणबाट जोगाउन र संक्रमण भैहालेको अवस्थामा निजलाई औषधी गर्ने सो गर्दा नागरिक र गैर नागरिकबिच वा भिषाको अवस्था वा बैधताजस्ता कुनै पनि आधारमा भेद्भाव गर्न नमिल्ने फैसला यसअघि नै भएको छ ।

यस सम्बन्धमा युनाईटेड नेशनस नेटवर्क अर्गनाइजेशनको १४ मे २०२० को बिज्ञप्ती समेतलाई मध्यनजर गर्दै नेपालीको हित रक्षाको लागी सम्बन्धित सरकारहरुलाई नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी भइसकेको छ ।

कोभिड १९ का कारणले गर्दा बिदेशमा अत्यन्त जोखिम्, अस्वस्थ अवस्थामा रहेको नेपाली नागरिकको जीवनको हक, स्वास्थको पहुच र उद्धारको हकमा समेत पर्न गएको गम्भिर प्रश्नमा बोल्दै अदालतले भनेको छ, ‘आफ्नो नागरिक आफ्नो देशमा बिना भेद्भाव फर्किन पाउने ब्यक्तीको मानव अधिकार हो । ’

कोरोना महमारी फैलिएको मुलुकहरुमा रहेका नेपाली नागरिकको नेपाली राजदुतावास वा श्रम सहचारीमार्फत कोरोना भाइरस संक्रमित नेपाली नागरिक जो नेपालीको स्वास्थ्य स्थिती प्रतिबेदन तुरुन्त तयार गर्न लगाइ डब्लूएचओको मापदन्ड बमोजिम गर्न अदालतले भनेको छ ।

यसै सम्बन्धी अन्य रिट निवेदनहरु ०७६-WO-०९३२, ०७६-WO-०९३३, ०७६-WO-०९३४, ०७६-WO-०९३६ का अदालतमा बिचारधिन रहेको हुंदा नियमाउनुसार गर्नु समेत भनि अदालतबाट आदेश भएको छ । सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल,डा. आनन्द मोहन भट्टराई र हरी प्रसाद फुयालको इजलासहरुले यी रिटहरुमा दिनहुजस्तो सुनुवाइ गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement