यस्तो छ कोरोना संक्रमित सशस्त्र पूर्वजवानको काठमाडौंबाट कञ्चनपुरसम्मको ट्राभल हिस्ट्री


काठमाडौं – काठमाडौंमा कोरोना संक्रमण भेटिएकी ३३ वर्षीया महिला सशस्त्र प्रहरीको पूर्वजवान कञ्चनपुरमा देवरका छोराको ब्रतबन्धका लागि गएको खुलेको छ । कञ्चनपुरबाट सशस्त्रको गाडीमा काठमाडौं आएकी ति महिलाको टेकु अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

कञ्चनपुर वेदकोट नगरपालिकाका मेयर असोककुमार चन्दले उनको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाएका हुन् ।

मेयर चन्दले उनको हिस्ट्री यसरी बताएः

कोरोना संक्रमित काठमाडौं चन्द्रागिरि नगरपालिका मच्छेगाउ बस्ने स्थाई घर बेदकोट नगरपालिका वार्ड न १० हरपाल बस्ने एक जना सशस्त्र प्रहरीका पूर्व जवान महिला चैत्र ६ गते काठमाडौंबाट आफ्नो देवर र दुई जना छोरा छोरी सहित बेदकोट नगरपालिका हरपाल आफ्नो घर आउनु भएको थियो । देवरको ब्रत बन्ध गर्न पुख्र्यौली घर डडेल्धुरा भागेस्वर जाने तयारीमा हुनुहुन्थ्यो, लकडाउन शुरु भएका कारण त्यहाँ डडेल्धुरा जान नपाएपछि ब्रतबन्ध कार्यक्रम पनि स्थगित भएको रहेछ । पछि बैशाख २८ गते काठमाडौंबाट स्वास्थ्यकर्मी र मेडिकल सामग्री लिएर आएको सशस्त्र प्रहरीको गाडी फर्किने क्रममा उहॉंको श्रीमान सशस्त्र अस्पतालका स्टाफ हुनुहुन्थ्यो । उहाँले सम्पर्क गरी सोही गाडीमा काठमाडौं आउने व्यवस्था गर्नुभएछ । त्यो गाडीमा अत्तरियासम्म जान स्थानीयको अटो बुक गरेर जानु भएछ । वैशाख २८ गते कोहोलपुरसशस्त्र अस्पतालमा बास बसेर दोस्रो दिन २९ गते काठमाडौं २ जना चालक सहित ८ जना काठमाडौं पुगेपछि सबैको नमूना परिक्षण गर्दा एक जना बाहेक सबैको नेगेटिभ निस्केको रहेछ । बेदकोट नगरपालिका वार्ड न १० हरपालमा उहाँको घरमा रहेका ५ जना सहित २५ र ३० जनाको कन्ट्र्याक ट्रेसिङ्ग गर्ने काम सम्पन्न भएको छ । अब पिसिआर नमूना परिक्षण गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement