नेपालमा पत्रकारमा पहिलोपटक कोरोना भेटियो


काठमाडौं – वीरगन्जका दुई जना पत्रकारमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

मंगलबार वीरगन्जका ३९ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका थिए । जसमध्ये दुई जना पत्रकार पनि परेका छन् । नेपालको हकमा पत्रकारमा कोरोना भेटिएको यो पहिलो पटक हो ।

आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement