पाँचौं कोरोना संक्रमितको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि


ललितपुर – ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भई बुधबार अपराह्न निधन भएका ५७ वर्षीय पुरुषको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ ।

अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनालाई दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

उनले भने, ‘मृतक व्यक्तिको सम्पर्कका आएका आफन्त, परिवारलगायत छिमेकीको कोरोना परीक्षण र कन्ट्याक्ट टे«सिङ गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिइएको छ ।’

जनस्वास्थ्य कार्यालयले बुङ्मतीमा गएर आवश्यक व्यक्तिको कोरोना परीक्षण गर्ने भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement