चितवनमा ३३ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु


चितवन – चितवनमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिलाकाे मृत्यु भएको हाे ।

 भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।चितवनमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय नाघेको छ। अहिलेसम्म चितवनका मात्रै ४४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement