पछिल्लो २४ घण्टामा १८७५ कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १८७५ कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ र ५ हजार १०३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज १२८६ जना कोरोना संक्रमित निको भएका छन् । साथै पछिल्लो २४ घण्टामा देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज काठमाण्डु उपत्यकामा ४२७ कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये काठमाण्डु २८७, ललितपुर ८२ र भक्तपुरमा ५८ जना रहेका छन् ।