नेपालमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित


काठमाडौं – नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण थपिएका छन् । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ५७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरे । संक्रमित सबै पुरुष रहेका छन् । संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement