होम आइसोलेसनमा संक्रमितको मृत्यु भए आफन्तले शव व्यवस्थापन गर्नुपर्ने, यस्तो छ कार्यविधि


काठमाण्डु – सरकारले होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भए परिवारका सदस्यले नै शवका व्यवस्थापन गर्नुपर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धी मापदण्ड परिवर्तन गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो ।

मन्त्रालयको कार्यविधिमा कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने भनिएको छ । शव व्यवस्थापनमा सहभागी हुने परिवारका सदस्यले सजगता अपनाउनुपर्ने भनिएको छ । त्यस्तै अन्तिम संस्कारमा बच्चा र ६० वर्षभन्दा माथिका व्यक्तिलाई संलग्न गराउन नहुने कार्यविधिमा उल्लेख छ ।

अन्तिम संस्कारमा सहभागी हुने आफन्तले पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वाहन नभएमा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement