कोरोना प्रभावः नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित


काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गरेर नेपाली सेनाले अघि सारेको एकीकरण मार्ग कार्यक्रम स्थगित भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कार्यक्रम स्थगित गरेको सेनाले जनाएको छ । नेपाली सेनाले यसअघि नै सरकारले सार्वजनिक सभा, सम्मेलन र कार्यक्रम नगर्न निर्देशन दिएको थियो ।

एकिकरण मार्ग कार्यक्रमका लागि पाँच महिनाभन्दा अघिबाट तयारी थालेको सेनाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरेको जनाएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा हिँडेका बाटो, त्यसवेलाका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले मार्ग बनाइएको सेनाले जनाएको थियो ।

यो कार्यक्रमसँगै पोखरा र तनहुँमा हुने भनिएको भूतपूर्व सैनिक सम्मेलनमा पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement