काठमाण्डु उपत्यकामा थपिए ३१०७ जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना रहेका छन् ।

मंगलबार काठमाण्डु उपत्यकामा १७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना रहेका थिए

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ६१ हजार ३ सय ४८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement