काठमाण्डु उपत्यकामा थपिए १६८४ जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १२९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका छन् ।

मंगलबार काठमाण्डु उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६८३ , ललितपुरमा १८६ र भक्तपुरमा ११६ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७ सय २८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

र यो पनि

 ३४ सय ४९ कोरोना संक्रमित थपिए, ११२६ जना डिस्चार्ज

प्रतिक्रिया दिनुहोस
Advertisement