३४ सय ४९ कोरोना संक्रमित थपिए, ११२६ जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार चार सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ९४ हजार ४ सय ६३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय २६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १४ हजार ४ सय ११ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय ७८ पुगेको छ ।

र यो पनि

काठमाण्डु उपत्यकामा थपिए १६८४ जना कोरोना संक्रमित

प्रतिक्रिया दिनुहोस
Advertisement