काठमाण्डु उपत्यकामा ७ सय ३७ जनामा कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा ७ सय ३७ जनामा कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना रहेका छन् ।

यस्तै मंगलबार ६ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८३ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १३ हजार ६ सय ५८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।