काठमाण्डु उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६४९ , ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना रहेका छन् ।

यस्तै आइतबार ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २२ हजार ३ सय २१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement