कोरोनाको ‘केपी.१’ र ‘केपी.२’ भेरिएन्ट नेपालमा पनि पुष्टि


काठमाण्डु-कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट नेपालमा भेटिएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ नामक सब भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनले केपी.२ नामक सब भेरिएन्टको बारेमा थप अध्ययन अनुसन्धान भइरहेको बताएको छ ।

हालसम्म केपी.१ र केपी.२ बढी सङ्क्रामक भएको वा मृत्यु गराएको प्रमाण फेला नपरेकाले आत्तिनुभन्दा पनि सावधानी अपनाउन प्रवक्ता बुढाथोकीले आग्रह गरे ।

ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्म भारत, सिङ्गापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement