काेराेना संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत


काठमाण्डु – देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव २ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । देशभर बिहीबार ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । बिहीबार थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८ सय १२ पुगेको छ ।

देशभर ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन् । कोरोना संक्रमणबाटमृत्यु हुनेको संख्या ८ सय नाघेको छ । बिहीबार २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

काठमाडौं उपत्यकामा बिहीबार थप १ हजार ५ सय ५२ जनामा संक्रमण देखिएको छ ।यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमितमध्ये ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २२ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश १ मा ५ हजार २ सय ५०, प्रदेश २ मा १ हजार २ सय ४६, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४०, सुदूरपश्चिम प्रदेशमा ८ सय ७०, गण्डकी प्रदेशमा १हजार ४२८ र कर्णाली प्रदेशमा ८७७ जना होम आइसोलेसनमा छन् ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ७७ जना भेन्टिलेटरमा र २ सय ९० जना संक्रमित आईसीयूमा उपचाररत छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement