नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुग्यो


काठमाडौं – नेपालमा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २१९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा तथा नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस
Advertisement