नेपालमा एकैदिन ३६३७ जनामा कोरोना संक्रमण पुष्टि,२१ जनाको मृत्यु


काठमाण्डु –  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जानकारी दिए ।

योसँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ पुगेको छ । त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement