झापामा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ३५८ पुग्यो


काठमाडौं – झापामा एक जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट आएका झापाको केचनाकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको हो ।

केहीबेर अगाडि मात्र बाँकेसहितका विभिन्न स्थानमा ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement