१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ८२ हजार ७ सय ८० जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १६ लाख २७ हजार ७ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ५९ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement