एकैदिन थपिए १६६ जना कोरोना संक्रमित


काठमाडौं – नेपालमा एकैदिन १६६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । आज थपिएका १६२ पुरुष र ४ महिला रहेका छन् ।

स्वास्थ्यमन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डिस्चार्ज हुनेको संख्या २३० पुगेको जानकारी दिए । संक्रमणकै कारण ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement