पराजय स्वीकार्दै गुरुराज घिमिरेको टिप्पणी-लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो

पराजय स्वीकार्दै गुरुराज घिमिरेको टिप्पणी-लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका गुरुराज घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।

महामन्त्री पदमा १ हजार ५१३ मत प्राप्त गरेका घिमिरेले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै उक्त मतलाई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा भएको बताएका छन्।

उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण उपसभापति तथा महामन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।

‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो’, उनले भने, ‘परिणामबाट विचलित नभइ नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउँछौँ ।’

‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। म यस परिणामबाट विचलित नभइ नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ—जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्,’ उनले भनेका छन्।

उनले आफ्नो राजनीतिक यात्रालाई नयाँ सुरुवातका रूपमा व्याख्या गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने बताएका छन्।

‘यो अन्त्य होइन, नयाँ सुरुवात हो। तपाईंहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु,’ घिमिरेले भनेका छन्।