कोरोना संक्रमितको संख्या २३ सय पुग्यो, टिचिङमा एक जना संक्रमितको मृत्यु


काठमाडौं – आज मात्र २०१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना स.क्रमितको संख्या २३ सय पुगेको हो । तीमध्ये २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसारधनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालिकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

दोलखा भिमेश्वर नगरपालिका(२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement