नेपालमा ४४८ जना कोरोना संक्रमित थपिए

नेपालमा ४४८ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आज थप ४४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।  संक्रमितहरु रहेको जम्मा जिल्लाको संख्या ७२ रहेको छ ।

क्वारेन्टाइनमा रहेकाहरुको संख्या १ लाख ५८ हजार ५० रहेको छ । आइसोलेसनमा ४ हजार १ सय रहेका छन् । आज १६ जना डिस्चार्ज भएका छन् । ८७७ जना डिस्चार्ज भएका छन् । त्यस्तै कोरोनाका कारण नेपालमा १६ जनाको मृत्यु भएको छ ।

त्यस्तै उनले भिडमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुन पानीले हात धुन सुझाव दिएका छन् । उनले सेनिटाइजर गर्दा आँखामा नछुन पनि आग्रह गरेका छन् ।