एकैदिन १४ सय ९७ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५७जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५० हजार ४ सय ११ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement