सोमबार थपिए १३५१ कोरोना संक्रमित, ७४२ जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४ सय ५ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५४ हजार ६ सय ४० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १० हजार ९ सय ९९ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ८१ पुगेको छ ।

कुन जिल्लामा कति ?

प्रतिक्रिया दिनुहोस
Advertisement