चितवनमा डिएसपीसहित ८ जना प्रहरीमा कोरोना संक्रमण, गण्डकी प्रदेशका डीआइजी डिस्चार्ज


काठमाण्डु – चितवनमा ८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) घनश्याम अर्याल कोरोना संक्रमण मुक्त भएका छन् ।

भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएका डीआईजी अर्याल आइसोलेसनमा बसिरहेका थिए । उनी कोरोना संक्रमण भए पनि होम आइसोलेसनमा बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement