एकैदिन थपिए १४४ जना नयाँ संक्रमित


काठमाडौं – सोमबार नेपालमा थप १४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा १६ हजार ९ सय ४५ संक्रमित पुगेको छ । डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement