कोरोना आतंक: न्यूयोर्कमा इमरजेन्सी लागू, अस्ट्रेलियामा ट्वाइलेट पेपरको विषयलाई लिएर महिलाबीच कुटाकुट


एजेन्सी – कोरोना भाइरसको लगातार बढ्दो प्रकोपलाई मध्यनजर गर्दै न्यूयोर्कमा इमरजेन्सीको घोषणा गरिएको छ । न्यूयोर्कका गभर्नर एड्यू कुमोले यसको घोषणा गरेका हुन् ।

उनले ट्वीटमा यसको घोषणा गर्दै भनेका छन्, “समय–समयमा न्यूयोर्कका मानिसलाई यसको अपडेट दिइने छ । इमरजेन्सीको अवधिमा प्रशासनले कयौं कडा कदम उठाएको छ । जसमा ल्याब स्पेसलाई भाडामा लिने जस्ता कदम समावेश छन् । यसबाट स्थानीय स्वास्थ्य विभागलाई तीव्र गतिमा कुनैपनि स्थितिसँग जझ्नका लागि सहयोग मिल्ने छ ।”

यो इमरजेन्सीको समयमा कुनै पनि बस्तुको मूल्य बढाउने कुनै पनि हालतमा सहन नसकिने न्यूयोर्कका गभर्नरले बताएका छन् ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार शुक्रबारसम्म अमेरिकाको २८ राज्यमा कोरोनाभाइरसका ३२९ संक्रमण पुष्टि भएको छ । जबकी मर्नेको संख्या बढेर १५ पुगेको छ ।

अमेरिकी उप राष्ट्रपति माइक पेन्सले क्यालिफोर्नियाको तटम रहेको गान्ड प्रिन्सेस क्रुज शिपमा २१ मानिसमा कोरोना भाइरसको परीक्षण पोजेटिभ पाइएको छ । सिन्ह्वाका अनुसार ग्रान्ड प्रिन्सेसमा सवार ४६ मानिस मध्ये २४मा कोरोना भाइरस नेगेटिभ आएको छ । एकको विषयलाई लिएर अवस्था स्पष्ट भएको छैन ।

जसमा २१ मानिसको परीक्षण पोजेटिभ पाइएको छ । उनीहरु मध्ये १९ जना चालक दलका सदस्य हुन र २ जना यात्री हुन् ।

अस्ट्रेलियामा ट्वाइलेट पेपरको विषयलाई लिएर महिलाबीच कुटाकुट

कोरोनाभाइरसको बढ्दो संकटकाबीच मानिसमा यसको संक्रमणबाट बच्नका लागि सर सफाइ पहिले भन्दा धेरै हुन थालेको छ । यसका लागि ठूलो मात्रामा ह्यान्डवास र ट्वाइलेट पेपेर किन्न थालिएको छ । ठूलो परिमाणमा ट्वाइलेट पेपर र ह्यान्ड वास किन्नाले बजारमा यसको अभाव देखिन थालेको छ ।

जसका कारण मानिसहरुलाई समस्याको सामना गर्नु परेको छ । अस्ट्रेलियामा ट्वाइलेट पेपरको कमीको मामिला लडाई–झगडा सम्म पुगेको छ । ट्वाइलेट पेपरको विषयलाई लिएर भएको झगडाको एक भिडियो सोशल मीडियामा भाइरल भइरहेको छ । यो भिडियोमा एक मलको एक पसलमा तीन महिला ट्वाइलेट पेपरको विषयलाई लिएर आपसमा झगडा गरिरहेको देख्न सकिन्छ । झगडाको उजुरी परेपछि प्रहरीले उनीहरुलाई सूचना जारी गरेको छ ।

अस्ट्रेलियामा कोरोना भाइरसको आतंक यती सम्म फैलिएको छ कि मानिस आवश्यकता भन्दा बढी ट्वाइलेट पेपर किनिरहेका छन् । जसका कारण बजारमा ट्वाइलेट पेपरको कमी भएको छ । सरकारले एक प्याकेट भन्दा बढी किन्न प्रतिबन्ध लगाएको छ । न्यू साउथ वेल्सका प्रहरीले २३ र ६० वर्ष उमेरका महिलालाई सुपरमार्केटमा एक आपसमा झगडा गरेकाले उनीहरलाई अदालतमा प्रस्तुत हुन सूचना जारी गरेको उल्लेख गरेको छ । दुवै महिलालाई २८ अप्रिलमा एक स्थानीय अदालतमा उपस्थित हुन निर्देश जारी गरिएको छ ।

अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या ७० भन्दा माथि रहेको छ । संक्रमितको संख्यामा भएको वृद्धिले मानिसमा डरको अवस्था पैदा भएको छ । मानिसले ठूलो संख्यामा ट्वाइलेट पेपर खरीद गरिरहेका छन् । ट्वाइलेट पेपरको कडाइको वास्तविकता उक्त समयमा आयो जब एक मलमा तीन महिला ट्वाइलेट पेपरको विषयलाई लिएर झगडा गर्न थाले । घटनाको भिडियोमा महिलाहरु एक अर्कामाथि चिच्याइरहेको देख्न सकिन्छ । महिलाको झगडा एक ट्रलीको विषयलाई लिएर भएको छ । जुन ट्वाइलेट पेपरले भरिएको थियो ।

भिडियोमा एक महिला ट्वाइलेट पेपरले भरिएको ट्रलीलाई लिएर उभिएको र सोही समयमा अर्की महिला उक्त स्थानमा पुगेकि र उनले एक प्याकेट दिनका लागि आग्रह गरेको देख्न सकिन्छ । तर, ट्रलि लिएकि महिला प्याकेट दिन मान्दिनन् । दोस्रो महिलाले आपूmलाई केबल १ प्याकेट दिनका लागि आग्रह गर्छिन । ट्रली लिएकि महिला एक प्याकेट दिन पनि मान्दिनन् । यसपछि उनीहरुबीच झगडा हुन्छ । झगडा बढेपछि मलका कर्मचारीले हस्तक्षेप गर्छन् । पछि प्रहरीलाई बोलाइयो । यद्यपि यो मामिलामा कसैलाई पनि गिरफ्तार गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement