निर्देशिकाविपरीत शुल्क लिएर कोरोना परीक्षण गर्ने उपत्यकाका तीन अस्पतालमाथि छानविन सुरु


काठमाण्डु – सरकारले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने तीन वटा निजी अस्पतालमाथि छानविन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजमाथि छानबिन सुरू गरेको हो ।

छानबिनका लागि महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक डा. पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन तथा अनुगमन महाशाखालाई छानबिन अगाडि बढाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement