नेपाललाई स्वीटजरल्याण्डले दियो ३० हजार थान कोरोना टेस्ट किट


काठमाडौं – स्वीटजरल्याण्डले कोरोना परीक्षण गर्ने ३० हजार थान पीसीआर टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ ।

नेपालका लागि स्वीटजरल्याण्डका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त किट हस्तान्तरण गरेका हुन् । विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

टेस्ट किट हस्तान्तरण गर्दै राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि उपलब्ध गराइएको किटले सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

‘यी ३० हजार टेष्ट किटले नेपाल सरकारलाई कोभिड १९ को संक्रमण नियन्त्रण गर्नुमा आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग गर्नेछ,’ राजदूत क्यापलरले भने ।

स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

यसैगरी स्वीजरल्याण्डले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement