बिहीबार ७८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement