एकै दिन ४५७ जनामा कोरोना संक्रमण, १ को मृत्यु


काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा साढे चार सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएकाे हाे

यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १७ सय ७६ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement