बिहीबार ७६० जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । आज देशभर ३२४ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement