नेपालमा थप २१६९ जनामा संक्रमण पुष्टि- २२ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ । आज देशभर १ हजार ४३२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।

आज २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको् छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement