साेमबार ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टिजेन विधिबाट २५३ जनामा गरी ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement