बुधबार ४८७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २४५ जनामा गरी ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement