बिहीबार थप ३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज देशभर १४ हजार २४२ जनाकाे परीक्षण गर्दा ३३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार ९ हजार ५५५ जनाको परीसीआर परीक्षण गर्दा २ हजार ३३५ जनामा र ४ हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ३७३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement