विपक्षी दलबाट आउने विधेयक रोक्न भिटो अधिकार प्रयोग गर्दै ट्रम्प

विपक्षी दलबाट आउने विधेयक रोक्न भिटो अधिकार प्रयोग गर्दै ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् ।

उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन् ।

ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त टोपी प्रदर्शन गरेका थिए । यसअघि पनि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भिटो’ लेखिएको रातो टोपीसहितको तस्बिर सार्वजनिक गरेका थिए ।

फक्स न्युजसँग कुरा गर्दै उनले राष्ट्रपतीय भिटो अमेरिकी राष्ट्रपतिका शक्तिशाली संवैधानिक अधिकारमध्ये एक भएको बताएका थिए । विपक्षी दलले आफूलाई अस्वीकार्य विधेयक ल्याए त्यसलाई भिटो गर्ने उनको चेतावनी थियो । यद्यपि, आगामी दुई वर्ष सबै विधेयकमा भिटो लगाएर बिताउने आफ्नो चाहना नरहेको उहाँले पोलिटिकोसँग बताएका छन
।