सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीकर्तासँग छलफल सकियो, दुई जनाबारे सुनुवाइ आजै

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीकर्तासँग छलफल सकियो, दुई जनाबारे सुनुवाइ आजै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी दिएका उजुरीकर्तासँग शुक्रबार छलफल सकिएको छ।

बोधनारायण श्रेष्ठ सभापति रहेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया सुरू गर्न शुक्रबार चारैजनाविरुद्ध उजुरी दिएकाहरूसँग छलफल गरेको हो । समितिले बिहीबार नै १३ वटा उजरीको पोको खोलेको थियो ।

समितिको बिहीबार बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो । शुक्रबार समितिले उजुरीकर्तासँग छलफल गरेको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार उक्त छलफलपछि शुक्रबार नै चारमध्ये दुईजना प्रस्तावित न्यायाधीशहरूबारे सुनुवाइ अघि बढ्दैछ। प्रस्तावित न्यायाधीश डा. रत्‍नबहादुर बागचन्द, काठमाण्डु र चन्द्रबहादुर सारू, अर्घाखाँची सुनुवाइका लागि समितिमा हाजिर भइसकेका छन्।

बिहीबार उजुरी अध्ययनपछि समितिले शुक्रबार बिहान बजेदेखि उजुरीकर्तासँग छलफल गरेको हो । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि चारजना न्यायाधीशको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने प्रावधान छ।