शुक्रबार थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ६६१ जनामा परीक्षण गर्दा ३ हजार ६११ जनामा संक्रमण पुष्टि हाे ।

आज ९ हजार ७८३ जनाको पीसीआर गर्दा २ हजार ४६७ जनामा र ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ११४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

आज देशभर १ हजार ८१३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement