शनिवार थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय २६ जना गरी ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको छ । गत २४ घण्टामा १ हजार ९१६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ ।

सोही अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement