देशभर थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १२ हजार ६३६ जनामा परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ८ हजार ४०२ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जनामा र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार २० जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement