सोमवार थप ३१२५ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १० हजार ६१३ जनाको आरटी पीसीआर र तीन हजार १९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार २७९ र एन्टिजेनबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement